जोडिनुहोस
  • होमपेज
  • देशले संघीयता धान्न सक्दैन, खारेज गर्नुपर्छ : कमल थापा

देशले संघीयता धान्न सक्दैन, खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशले अहिलेको संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् । दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे ।

मंगलबार पार्टीको काठमाडौं–६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद, समाजवाद र पुँजीवादको विकल्प जरुरी भएको बताए । नयाँ वैचारिक दर्शनको आवश्यकता भएकोले सम्वर्द्धनवाललाई अबको मार्गचित्र बनाउनुपर्नेमा थापाले जोड दिए । कांग्रेस, एमाले, माओवादीको विकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै थापाले जनताको बीचमा जान ढिलाइ गर्न नहुने बताए ।

विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक व्वस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका