जोडिनुहोस
  • होमपेज
  • विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौं : मन्त्री भट्टराई

विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौं : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छिन् । मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा उनले यस्तो बताएकी हुन् । मन्त्री भट्टराईले नेपाल प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताइन् । उनले रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठुलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेको बताइन् ।

मन्त्री भट्टराईले युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमहरूलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्नु आवश्यक रहेको बताइन् । उनले त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी बनाउने पनि बताइन् । उनले सरकारले चाँडै अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने बताइन् । मन्त्री भट्टराईले विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई कडाइका साथ लागू गर्नुपर्ने बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका