जोडिनुहोस
  • होमपेज
  • ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार (तस्बिरहरु )

ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार (तस्बिरहरु )

काठमाडौं । ललितपुरको भैसिपाटी स्थित मञ्जुश्री डाँडा आदिनाथ टोलका बस्ती डुबानमा परेका छन् । मंगलबार रातिको अविरल वर्षकाले बस्तीका केही घरका भित्रै बाढी पसेको हो ।
हरेक वर्षायाममा यहाँ बाढीले स्थानीयलाई दुःख दिने गरेको छ । यस्तै अहिले बागमती, मनोहरा लगायत नदीमा पानीको बहाव बढेको छ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।

काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका