
केरला । भारतको केरला राज्यको वायनाडमा गएको पहिरोमा मृत्यु हुनेको संख्या १४४ पुगेको छ । १९२ घाइतेको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
अझै ९८ व्यक्ति बेपत्ता भएको मुख्यमन्त्रीको कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् ।
उक्त पहिरो मंगलबार बिहान गएको थियो । पहिरोका कारण केरलामा दुई दिन राजकीय शोक घोषणा गरिएको छ । बीबीसी