
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कभित्र पार्किङ गरी राखेको बसभित्र शव फेला परेको छ ।
मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको प्रहरीले जनाएको छ । बा २ ख २३४४ नम्बरको बसभित्र अधिकारीको शव मंगलबार भेटिएको हो । बस एक महिना अगाडिदेखि पार्किङमा रहेको प्रहरीले जनाएको छ ।