जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लेखकलाई रविको सुझाव : मिडिया ट्रायल घातक छ, बच्नुस्

गृहमन्त्री लेखकलाई रविको सुझाव : मिडिया ट्रायल घातक छ, बच्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निवर्तमान गृहमन्त्री समेत रहेका लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभूति अभिव्यक्त गरेका हुन् ।

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री रमेश लेखकलाई सुझाव दिए । वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुइतिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरू गर्न सकिने अवस्था रहेको उल्लेख गरे ।

सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा सुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गरे ।आफूले गृहमन्त्रीको रूपमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास भने गरेको जिकिर गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका