
रूकुम पश्चिम– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाईं रहेका छन् । उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।