जोडिनुहोस
  • होमपेज
  • नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा सिग्देल

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा सिग्देल

काठमाडौं । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा वरिष्ठ रथी अशोकराज सिग्देल तोकिएका छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले बुधबार सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका हुन् ।उनले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागु हुने गरी कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोकिएका हुन् ।

अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदैछ । त्यसको एक महिनाअघि बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका