
काठमाडौं क्यानडामा जारी ग्लोबल टी-२० मा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीसम्मिलित भ्यानकुभर नाइट्सले लगातार चौथो हार बेहोरेको छ । चौथो हार बेहोर्नेक्रममा भ्यानकुभर बिहीबार बिहान सम्पन्न खेलमा ब्राम्पटन वल्भ्सविरुद्ध ६ विकेटले पराजित भएको हो ।
यो हारपछि भ्यानकुभरको सेमिफाइनल सम्भावना निकै कठिन बनेको छ । उसले अब बाँकी तीनवटै खेल जिते पनि सेमिफाइनलको टिकट हात पार्ने सम्भावना न्यून छ । भ्यानकुभरसँगको जितपछि ब्राम्पटनको सेमिफाइनल सम्भावना भने जीवितै छ । आफ्नो चौथो खेलमा भ्यानकुभरले दिएको १ सय ५० रनको लक्ष्य ब्राम्पटनले १८.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।