जोडिनुहोस
  • होमपेज
  • सामाखुसीमा खुल्यो सिनेमा हल, एरोम्याक्स वाई बार्को साउन्ड जडान

सामाखुसीमा खुल्यो सिनेमा हल, एरोम्याक्स वाई बार्को साउन्ड जडान

काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर महलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । बिहीबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा उक्त सिनेमा हलको उद्घाटन गरेका छन् ।

तीनवटा पर्दा रहेको हलमा ४९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्नेछन् । सिटी स्क्वायर महलको नवौँ तलामा खुलेको हलको ११ औँ र १२ औँ तलामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नुपरे कसमी बार एन्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ । हरेक पर्दामा सोफा सेटसहित सुतेर सिनेमा हेर्ने सिट जडान गरिएको छ ।

विशेषत यो हलका सवै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकता दिँदै सर्वोत्कृष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको संचालक सुमित मैनालीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । करिब १८ करोड लागतमा निर्माणमा ल्याइएको हललाई मल्टिप्लेक्स चेन क्यूएफएक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिएको छ । क्यूएफएक्सको हल संख्या १७ पुगेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका