जोडिनुहोस
  • होमपेज
  • सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन भएको छ : अर्थमन्त्री पौडेल

सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन भएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् ।

उनले सेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए । बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनामा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिनुपर्ने र यसको कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका