
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
आज बैठकमा उनले विश्वासको मत लिने कार्यसूची थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा दिए । उनी ०८१ वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए ।
उनी एमाले र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएसँगै असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।