
काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौं फकिएको छ ।
जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौंमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले बताए ।
उनले भने, ‘काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन काठमाडौं नै आएर अवतरण गरेको छ । यात्रु र जहाजमा केही क्षति भएको छैन । ४ बजेर ५ मिनेटमा जहाज काठमाडौंमा नै आएर ल्याण्ड गरेको हो ।’
काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन– एएमडीमा बुद्धको जहाज काठमाडौंमा नै फर्किएको हो ।