जोडिनुहोस
  • होमपेज
  • खोटाङको खार्मीमा अवरुद्ध भएको चार दिनपछि बिजुली बल्यो

खोटाङको खार्मीमा अवरुद्ध भएको चार दिनपछि बिजुली बल्यो

खार्मीमा अवरुद्ध भएको चार दिनपछि बल्ल बिजुली बलेको छ । चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अवरुद्ध बनेको विद्युत् चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेपछि सञ्चालनमा ल्याइएको हो । यही साउन १५ गते वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफरमर जलेर विद्युत् आपूर्ति बन्द भएको थियो ।

खार्मीको सोतीमा रहेको ट्रान्सफरमर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० वटा घरमा विद्युत् आपूर्ति बन्द भएको केन्द्रका प्रमुख सोवितबहादुर क्षत्रीले जानकारी दिनुभयो । अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ताले प्रतिघर एक सय २५ रुपैयाँका दरले रकम सङ्कलन गरेर १० हजार रुपैयाँमा ट्रान्सफरमर ढुवानी गरिएको स्थानीय हर्कराज राईले बताउनुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका