जोडिनुहोस
  • होमपेज
  • मिसाइल हानेर क्रिमियामा रसियन पनडुब्बी डुबाएको युक्रेनी दाबी

मिसाइल हानेर क्रिमियामा रसियन पनडुब्बी डुबाएको युक्रेनी दाबी

किभ- युक्रेनी सेनाले रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियास्थित बन्दरगाहमा तैनाथ एक पनडुब्बीमाथि हमला गरेर डुबाइदिएको दाबी गरेको छ ।

युक्रेनका जरनल स्टाफले विज्ञप्ति जारी गरेर रूसको किलो क्लास युद्धक पनडुब्बी रोस्तोभ-अन-डनलाई डुबाइदिएको बताएका छन् । उनका अनुसार सन् २०१४ मा बनेको यो पनडुब्बीलाई शुक्रबार मिसाइल हमला गरेर सेनाले डुबाइदिएको हो ।

रूसको पनडुब्बी रोस्तोभ-अन-डनमाथि यो हमला शुक्रबार बन्दरगाह सहर सेभस्तोपोलमा गरिएको हो । यो पनडुब्बी रूसको काला सागरमा तैनाथ गरिएका चार पनडुब्बीमा एक हो । काला सागरमा रूसले तैनाथ गरेका पनडुब्बीको समूह क्यालिबर क्रुज मिसाइल हान्ने क्षमताका छन् ।

युक्रेनको यस दाबीलाई लिएर रसियन रक्षा मन्त्रालयले अहिलेसम्म औपचारिक भनाइ सार्वजनिक गरेको छैन । युक्रेनका अधिकारीहरूले यस हमलामा चार एस-४०० एयर डिफेन्स सिस्टम पनि नष्ट गरिएको छ। यो एयर डिफेन्स सिस्टम रुसले कब्जा गरेको क्रिमियाको रक्षमा तैनाथ थियो ।

युक्रेनका जनरल स्टाफको बयानमा रोस्तोभ-अन-डनमाथिको हमलाले एक पटक फेरि युक्रेनको नियन्त्रण रहेको काला सागर क्षेत्रमा रूसी युद्धकका लागि सुरक्षित स्थान नरहेको उल्लेख गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका