
काठमाडौं– कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ । आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो । जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा नियुक्त भएकी छन् ।
माओवादी सरकारबाट बाहिरिएपछि उक्त चार मन्त्रालय खाली रहेको थियो ।