जोडिनुहोस
  • होमपेज
  • जसपा नेपालबाट केन्द्रीय समिति बैठक आह्वान

जसपा नेपालबाट केन्द्रीय समिति बैठक आह्वान

 काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।केन्द्रीय सदस्य पूर्ण बस्नेतले बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको जानकारी दिए ।

बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय लिइने उनको भनाइ छ ।

गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिने बस्नेतले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका