जोडिनुहोस
  • होमपेज
  • सिरहामा एक भारतीय युवक मृत भेटिए

सिरहामा एक भारतीय युवक मृत भेटिए

सिरहा । सिरहाको गोलबजारमा एक भारतीय युवकको शव भेटिएको छ । गोलबजार नगरपालिका (१ वहिरीवाँध नजिकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत बिहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षीय बवुल कुमार खानको शव भेटिएको हो।

उनी सोही ठाउका ३५ वर्षीय विजय यादवसँगै धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। उनीहरु मदिरा पिएर बेलुका झगडा भएको स्थानीयको भनाई रहेको छ।

झगडाकै क्रममा खानलाई गम्भिर चोट लागेको थिए। चोट लागेर बेहोस खानलाई उपचारको लागि लगेको स्थानीयको भनाई छ। चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पताल पठाएको जानकारी दिए।

उनले घटनाको अनुसन्धान भइरहेकोले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका