
सिन्धुपाल्चोकको मेलम्ची नदीले सतर्कता तह पार गरेको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा मंगलबार दिउँसो १२ः १५ मा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सतर्कता तह पार गरेको मेलम्ची नदी बढ्दो क्रममा रहेकाले मेलम्ची बजार लगायत नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागको भनाइ छ । सो क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।