जोडिनुहोस
  • होमपेज
  • पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध

पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध

काठमाडौं। बाढी पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध भएका छन्।

पहिरोले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्गअन्तर्गतका दर्जन बढी सडक अवरुद्ध भएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।

प्रतिकार्य शाखाका अनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–३ बोझेखोला, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ जुरे, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएका छन्।

यस्तै, चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला, बागलुङको बागलुङ नगरपालिका–१० डब्ल्याङ, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँ, पाल्पाको रिद्विकोट गाउँपालिका–२ जोत्ने, रोल्पाको परिवर्तन गाउँपालिका–१ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको हो।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाड, रुकुम पश्चिमको मुसीकोट नगरपालिका रिमदह, सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला, कालीकोटको शुभकालिका गाउँपालिका–१ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ।

अवरुद्ध सडक खुलाउने प्रयास छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?