जोडिनुहोस
  • होमपेज
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं।नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ।

मंगलबार पनि सुनको मूल्य घटेको थियो। महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो।

जसअनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ।

यसैबीच बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका