जोडिनुहोस
  • होमपेज
  • ४० वर्षीया महिलामाथि करणी गरेको आरोपमा ‘प्रधानाध्यापक’ पक्राउ

४० वर्षीया महिलामाथि करणी गरेको आरोपमा ‘प्रधानाध्यापक’ पक्राउ

काठमाडौं। बैतडीमा महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–१ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत पक्राउ परेका हुन् ।

उनलाई महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो । स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयको भनाई छ ।

जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका