जोडिनुहोस
  • होमपेज
  • विद्रोही समूह हमासले यह्या सिनवरलाई नेता बनायो

विद्रोही समूह हमासले यह्या सिनवरलाई नेता बनायो

प्यालेस्टिनी लडाकु समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेता बनाएको छ । कतारको दोहामा दुई दिन चलेको हमासको बैठकपछि नयाँ नेता छनोट गरिएको बीबीसीले जनाएको छ । यसअघिका नेता इस्माइल हानियाको हत्या भएपछि सङ्गठनले नयाँ नेता चयन गरेको हो । ६१ वर्षीय सिनवर हमासको बैठकमा एक मतले नेता चयन भएका खबरमा उल्लेख छ । सिनवरलाई इजरायलसँगको द्वन्द र सङ्गठनको सबै मामिलाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

उनी सन् २०१७ देखि इजरायलको गाजा क्षेत्रका लागि हमासको नेता चयन भएका थिए । अब उनी यसको राजनीतिक नेता भएका छन् । मध्यपूर्वमा बढ्दो तनावका बीच यो घोषणा आएको हो । इरान र उसका सहयोगीहरूले इस्माइल हानियाको हत्यापछि इजरायलसँग यसको बदला लिने चेतावनी दिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका