जोडिनुहोस
  • होमपेज
  • अर्घाखाँचीको सन्धिखर्कका महिलाले व्यावसायिक रूपमा पञ्चेबाजा बजाउन शुरू गरे

अर्घाखाँचीको सन्धिखर्कका महिलाले व्यावसायिक रूपमा पञ्चेबाजा बजाउन शुरू गरे

अर्घाखाँचीको सन्धिखर्कका महिलाले व्यावसायिक रूपमा पञ्चेबाजा बजाउन शुरु गरेका छन् । गाउँघरमा पञ्चेबाजा केही समुदायका पुरुष व्यक्तिले मात्र बजाउने गरेकोमा पछिल्लो समय सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका महिलाले नौमती बाजालाई पेशाका रूपमा अगाडि बढाउन थालेका छन् ।

महिलालाई पञ्चेबाजा बजाउन तालिम प्रदान गरेपछि उनीहरू व्यावसायिक रूपमा अगाडि बढेका सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । डिभर्नामा महिलाले १४ जनाको समूह बनाएर कला संस्कृति संरक्षणसँगै आयआर्जन गर्न जुटेका छन् । नौमती बाजा बजाउने टोलीमा नेवार, परियार, विश्वकर्मा समुदायका महिला सहभागी छन् ।

लोप हुँदै गएको कला संस्कृति संरक्षण गर्न तालिमसँगै डिभर्नाका महिला सृजनशील बाजा समूह नै स्थापना गरेर बाजा बजाउन अगाडि बढेका सन्धिखर्ककी उपमेयर मिश्रा आचार्यले बताउनुभयो ।

पाका पुस्तामा भएको सीप र ज्ञानमा नयाँ पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने चिन्ता बढेपछि महिलालाई तालिम प्रदान गरिएको वडाध्यक्ष नारायण खड्काले बताउनुभयो ।

अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीमा पञ्चेबाजा बजाउने महिलाको दुई वटा समूह रहेका छन् । यस्तै मालारानी गाउँपालिकाको हंसपुरमा एउटा समूह रहेको छ । उनीहरू पनि व्यावसायिक रूपमा अगाडि बढेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका