जोडिनुहोस
  • होमपेज
  • दुर्घटनाग्रस्त एअर डाइनेस्टी हेलिकप्टरमा क्याप्टेन र ४ विदेशी रहेको पुष्टि

दुर्घटनाग्रस्त एअर डाइनेस्टी हेलिकप्टरमा क्याप्टेन र ४ विदेशी रहेको पुष्टि

काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एअर डाइनेस्टीको ९एनएजेडी० कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो।

नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको बताए।

एअर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर हराइरहेको जानकारी प्राप्त भएको बताए।

उनका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर १४ मिनेटमा उडेको थियो। पण्डितका अनुसार उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका