
काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको पाइएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उज्यालोलाई दिएको जानकारीअनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा चार जना विदेशी नागरिक र एक जना पाइलट थिए । अहिलेसम्म हेलिकप्टरको बारेमा कुनै जानकारी नआएको उहाँले जानकारी दिनुभयो ।