
पेरिस ओलम्पिक अन्तर्गत महिला कुस्तीको फाइनल खेलअघि भारतीय खेलाडी विनेश फोगाट अयोग्य घोषित भएकी छिन् । स्वर्ण पदकका लागि फाइनल खेलअघि तौल बढी पाइएपछि विनेश फोगाटलाई अयोग्य घोषित गरिएको बीबीसीले जनाएको छ । योसँगै अब उनले पेरिस ओलम्पिकमा कुनै पदक नपाउने भएकी छिन् । यसअघि फाइनल पुग्दा उनले कम्तीमा रजत पद पाउने पक्का भएको थियो ।
स्वर्ण पदकको प्रतिस्पर्धाअघि विनेश फोगाटको तौल ५० केजीभन्दा केही ग्राम बढी पाइएको हो । उनले हिजो प्रिक्वार्टरफाइनलमा विश्वकी नम्बर एक खेलाडी र सेमिफाइनलमा क्युबाकी खेलाडीलाई हराउँदै फाइनलमा पुगेकी थिइन् । विनेश फोगाट फाइनलमा पुग्ने पहिलो भारतीय महिला बनेकी थिइन् । उनी अयोग्य घोषित भएपछि भारतीय ओलम्पिक सङ्घले खेद व्यक्त गरेको छ ।