जोडिनुहोस
  • होमपेज
  • भारतीय दूतावासले मनायो आषाढ पूर्णिमा, बौद्ध सूत्रबाट प्रार्थना

भारतीय दूतावासले मनायो आषाढ पूर्णिमा, बौद्ध सूत्रबाट प्रार्थना

काठमाडाैं । आषाढ पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले  २०८१ श्रावण ६ गते एक विशेष कार्यक्रमको आयोजना गरेकाे छ । यस उत्सवमा नेपालका विभिन्न बौद्ध  सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएकाे काठमाडौंस्थित भारतीय राजदूतावासले जानकारी दिएकाे छ ।


भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिएको क्षण नै आषाढ पूर्णिमा मानिएकाे छ। बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिएको यस उपदेशले हामीलाई ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो ।

यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि चिन्ने गरिन्छ काठमाडौंस्थित भारतीय राजदूतावासले भनेकाे छ । कार्यक्रममा थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । तत्पश्चात बौद्ध सुत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो ।

 

नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै दुवै भारत र नेपालमा रहेका पवित्र बौद्धस्थलले दुवै देशबीचको साझा साँस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताएका थिए ।

 

नियोग उप–प्रमुखले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका