देश
भीएफआर’ नियम उल्लंघन गर्दा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको देखिन्छ :महानिर्देशक अधिकारी
काठमाडौं। एअर डाइनेस्टीको हेलिकोप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारणमा भीएफआर ९भिजुअल फ्लाइट रुल्स० उल्लङ्घन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको समितिमा महानिर्देशक अधिकारीले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उलङ्घन गर्दा दुर्घटना भएको प्रारम्भिक रूपमा देखिएको बताए।
विस्तृत विवरण मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले दिनेमा आफू विश्वस्त रहेको बताउँदै महानिर्देशक अधिकारीले सर्सर्ति हेर्दा खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको कारण प्रारम्भिक रूपमा देखिएको बताए।
’यसको ९हेलिकोप्टर दुर्घटना० रुट कज सर्सर्ती हेर्दाखेरी फेरि छानबिन आयोगले बताउँला, ब्याड वेदरमा प्रवेश गरेको, बादलभित्र प्रवेश गरेको कारणले फर्किने क्रममा देब्रे घुम्दा दुर्घटना भएको जस्तो देखिन्छ। फ्लाइटिङ कमान्डले सिभिल एभिएसनको भिजुल फ्लाइट रुलअनुसार यसरी बादलभित्र छिर्नु अथवा आफूले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानुनले बर्जित गरेको विषय हो। रुट कज भनेको ब्रिज अफ द भिजुअल फ्लाइट रुल हो,’ उनले भने।
दुर्घटनास्थलमा बिहीबार बिहान पुग्दा पनि त्यो देखिएको अधिकारीको भनाइ थियो। नेपालमा डाँडाकाँडा भएकाले त्यहाँ अनुमानयोग्य मौसम नभएको पनि उनको भनाइ थियो।
काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एअर डाइनेस्टी ९एनएजेडी कलसाइनको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा एअर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको थियो।