काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् ।
वरीयता हेरफेर भएसंगै पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल १४ औँ नम्बरमा रहेका थिए भने उनको ठाउँमा बद्री पाण्डलेलाई बढुवा गरिएको छ । १६ औं स्थानमा रहेका मन्त्री पाण्डेलाई १४ नम्बरमा बढुवा गरेर स्वास्थ्यमन्त्ती पौडेललाई १६ औँ स्थान दिएको छ ।
राष्ट्रपति पौडेलले जेष्ठताका आधारमा मन्त्रिको बरियता परिवर्तन गरेका हुन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।