जोडिनुहोस
  • होमपेज
  • पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

 

काठमाडौं। भारतीय कम्युनिस्ट नेता एवं पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ। कोलकातास्थित आफ्नै निवासमा भट्टाचार्यको बिहीबार बिहान निधन भएको हो। उनी ८० वर्षका थिए।

उनी लामो समयदेखि बिरामी रहेको सीपीआई एम का राज्य सचिव मोहम्मद सलिमले जानकारी दिए। भट्टाचार्य सन् २००० देखि २०११ सम्म पश्चिम बंगालका मुख्यमन्त्री बनेका थिए।

सन् २००० मा ज्योति बसुले पद छाडेपछि भट्टाचार्य राज्यको मुख्यमन्त्री बनेका थिए। सन् २०११ को विधानसभा चुनावमा ममता बनर्जीको तृणमूल कांग्रेससँग पराजित भएपछि पश्चिम बंगलामा वामपन्थी सरकारको दबदबा अन्त्य भएको थियो। पश्चिम बंगालमा वाममोर्चाले ३४ वर्षसम्म सरकार चलाएको थियो। जसमध्ये २३ वर्ष बसु नै मुख्यमन्त्री बनेका थिए।

सन् २००६ को विधानसभा चुनावमा १७६ सिट जितेको सीपीआई एम २०११ मा भने ४० सिटमा खुम्चिएको थियो। त्यसपछि पश्चिम बंगालमा मात्र नभई त्रिपुरा र केरलमा समेत वामपन्थी दल कमजोर हुँदै आएका छन्। पश्चिम बंगाल विधानसभा चुनाव २०१६ मा २६ सिट जितेको सीपीआईएम २०२१ मा भएको पछिल्लो चुनावमा शून्यमा झरेको थियो।

भट्टाचार्यले सन् २०१५ मा सीपीआई९एम० को पोलिटब्युरो र केन्द्रीय समितिबाट राजीनामा दिएका थिए। त्यस्तै सन् २०१८ मा उनले पार्टीको राज्य सचिवालय सदस्य पनि छाडेका थिए। पछिल्लो समय भने उनी सार्वजनिक कार्यक्रमबाट टाढै रहँदै आएका थिए।

भट्टाचार्यका श्रीमती मीरा र छोरी सुचेतना रहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका