
काठमाडौं– शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४६ हजार छ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार सात सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार छ सय ९० रुपैयाँ रहेको थियो ।