जोडिनुहोस
  • होमपेज
  • यम बरालको ‘बाख्रा करायो’, गितको हत्या होला भन्ने डर लाग्छ-बराल

यम बरालको ‘बाख्रा करायो’, गितको हत्या होला भन्ने डर लाग्छ-बराल

नेपाली संगित क्षेत्रका चर्चित गायक यम बरालले ‘बाख्रा करायो’ बोलको नयाँ गित ल्याएका छन् । लोकदोहोरी शैलीको यो गीतमा बराललाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । गीतमा डीपी खनालको शब्द र यम बरालकै संगीत छ भने विषम आचार्यले एरेन्ज गरेका छन् ।

बिहीबार साँझ काठमाडौंमा सीमित शुभचिन्तक र पत्रकारहरुमाझ बरालले नयाँ गीतको भिडियो रिलिज गरे । प्रेमिकालाई फकाउन प्रेमीले गरेको भूमिकालाई रमाइलो ढंगमा गीतको भिडियोमा उतारिएको छ । भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना राना मगरले अभिनय गरेका छन् ।

केशवराज भट्टले निर्देशन गरेको भिडियोमा विशाल थापाको छायांकन र दिन्सन शाहको सम्पादन तथा कलर संयोजन छ । गीत सार्वजनिक कार्यक्रममा गायक बरालले बाख्रा करायो अहिलेको सांगीतिक माहोल अनुसारको रहेको बताए ।

कुनै समय पार्श्व गायनमा समेत एकछत्र राज गरेका बरालको पछिल्लो समय सांगीतिक सक्रियता पातलिएको छ । बरालले आफूले धेरै गीत तयार गरेर राखेको भए पनि अहिलेको परिस्थितिका कारण सार्वजनिक गर्न डर लागेको समेत बताए । किन कम गित गाउन थाल्नु भयो भन्ने प्रश्नको जवाफमा, उनले आफुसंग धेरै राम्रा गितहरु तयारीमा रहेको तर बजारमा गलत समयमा ल्यायो भने गितको हत्या हुने भन्दै यसलाई ल्याउन नसकेको बताएका छन् ।

बाख्रा करायोुलाई ओएसआर डिजिटलु युट्युब च्यानलमा रिलिज गरिएको छ । यो समाचार तयार पार्दासम्म गितले आधा लाख दर्शक पाइसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका