जोडिनुहोस
  • होमपेज
  • कानुनमन्त्रीले भने – कानुन संशोधनबाट बलात्कारलाई वर्गीकरण गरौँ

कानुनमन्त्रीले भने – कानुन संशोधनबाट बलात्कारलाई वर्गीकरण गरौँ

काठमाडौं। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीलाई वर्गीकरण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले बलात्कारको कानुन संशोधन गर्नुपर्ने सुझाएपछि मन्त्री चौरसियाले पनि त्यो आवश्यक रहेको बताए ।

उनले आफ्ना कुरा राख्ने क्रममा दुई जना केटाकेटी कहीँ कतै जाँदा एउटै भर्सन हुने मिलेर जाने तर फर्किएपछि अनेक किसिमका मुद्दा लगाउने गरिएको भन्दै नयाँ परिभाषा खोजेका हुन् ।

‘जबरजस्ती करणीको सम्बन्धमा ‘क्याटेगोरी’ छुट्याउनु आवश्यक छ। कम उमेरका कहीँ जान्छन्, जाँदासम्म केटा र केटीको मन मिलेको हुन्छ, एउटै भर्सन हुन्छ । पछि घरमा आएपछि केटीको मन चेन्ज हुन्छ । आमाबुवातिर पनि हेर्छन्, परिवारको मान प्रतिष्ठाको पनि कुरा आउँछ । अनि अनेक किसिमका मुद्दा लाग्ने गरेका छन् । त्यो कानुनमा सुधार गर्नुपर्छ,’ उनले भने ।

अहिले कारागारमा पनि विभिन्न प्रकारका समस्या रहेको पनि बताएका छन् । राष्ट्रले धान्नसक्ने संशाधनभित्र रहेर बाल सुधारगृह र कारागारबारे उनले सांसदहरूसँग सुझाव पनि मागे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका