जोडिनुहोस
  • होमपेज
  • बंगलादेशका विद्यार्थी नेताले प्रधानन्यायाधीशलाई दिए चेतावनी, अदालत घेर्न आह्वान

बंगलादेशका विद्यार्थी नेताले प्रधानन्यायाधीशलाई दिए चेतावनी, अदालत घेर्न आह्वान

काठमाडौं । कोटा प्रणालीको भेदभावविरुद्धको विद्यार्थी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीश ओबैदुल हसनको राजीनामा माग गरेका छन् । अन्तरिम सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका उनले प्रधानन्यायाधीशलाई कुनै प्रकारकको ‘षड्यन्त्र’ नगर्न चेतावनी पनि दिएका छन् ।

उनले शनिबार फेसबुकमा पोस्टमार्फत भनेका छन्,”फासीवादलाई समर्थन गर्ने र विभिन्न कूकर्ममा संलग्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशले सरकारसँग परामर्श नगरी पूर्ण अदालतको बैठक बोलाएका छन् । परास्त शक्तिको कुनै पनि षड्यन्त्र सैह्य छैन ।”

यसैबीच, आन्दोलनकै अर्को संयोजक हसनत अब्दुल्लाले फेसबुक लाइभमार्फत समर्थकहरूलाई उच्च अदालत घेराउ गर्न आह्वान गरेका छन् । उनले उच्च अदालततर्फ मार्चको आह्वान छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका