
बङ्गलादेशको सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओबैदुल हसनले न्यायपालिकाको प्रमुखको पदबाट राजीनामा दिएका छन् ।प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार ढाकास्थित सर्वोच्च अदालत घेराउ गरेका थिए। त्यसपछि प्रधानन्यायाधीशसहित सबै न्यायाधीशलाई दिउँसो १ बजेसम्म राजीनामा दिन भनिएको थियो । प्रधानन्यायाधीशले सर्वोच्च अदालत परिसरमा पत्रकारहरुसँगको कुराकानीमा यस्तो विषम परिस्थितिमा सर्वोच्च अदालत, उच्च अदालत र तल्लो अदालतका देशभरका न्यायाधीशको सुरक्षालाई ध्यानमा राखेर राजीनामा दिने निर्णय गरेको बताए ।