जोडिनुहोस
  • होमपेज
  • च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

पर्वत– पर्वतको जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन् ।

तीनवटा गुम्बज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनको भनाइ छ । ‘च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन’, उनले भनिन् । गोब्रे च्याउ प्रतिकेजी पाँच सय र कन्ये दुई सयमा बिक्री हुँदै आएको छ ।

कच्चा पदार्थसहितका सामग्री तयार गरेकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भाण्टा, खुर्सानी, धनियाँ पनि उत्पादन गर्दै आएकी छिन् ।

जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आकर्षण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका