
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन्।
सरकारबाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन्।
पार्टी निमार्णकै लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘वर्तमान परिवेश र काम अनुरूप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन्।
बैठक जारी छ ।