
काठमाडौं। राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई छलफलका लागि बोलाएको छ।
समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण ऐनमा छलफलका लागि बोलाएको हो।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको विषयमा छलफलका लागि बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।