जोडिनुहोस
  • होमपेज
  • पेरिस ओलम्पिकमा चिनियाँ पौडीबाजले सबैभन्दा धेरै ६ वटा पदक जितिन्

पेरिस ओलम्पिकमा चिनियाँ पौडीबाजले सबैभन्दा धेरै ६ वटा पदक जितिन्

हिजो समापन भएको पेरिस ओलम्पिकमा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा धेरै ६ वटा पदक जितेकी छिन् । पेरिस ओलम्पिकको वेबसाइटअनुसार चीनकी युफेईले पौडीमा एक रजत र पाँच कास्य गरी ६ वटा पदक जितेकी हुन् । यस्तै फ्रान्सका पौडी खेलाडी लियोन मर्चन्डले चार स्वर्ण र एक कास्य गरी पाँच वटा पदक जित्दै दोस्रो स्थानमा छन् । यसैगरी तेस्रो स्थानमा रहेकी अमेरिकाकी पौडी खेलाडी टोरी हस्कले तीन स्वर्ण र दुई रजत गरी पाँच वटा पदक जितेकी छिन् ।

देशतर्फ भने सबैभन्दा धेरै पदक जित्नेमा अमेरिका रहेको छ । अमेरिकाले ४०, स्वर्ण, ४४ रजत र ४२ कास्य गरी एक सय २६ वटा पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्य गरी ९१ वटा पदक जितेको छ । यसैगरी तेस्रो स्थानमा रहेको जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य गरी ४५ वटा पदक जितेको छ ।

गएको जुलाई २६ मा औपचारिक रूपमा शुरू भएको ३३ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह भव्यताका साथ स्टेड डे फ्रान्समा गएराति भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका