जोडिनुहोस
  • होमपेज
  • बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी

अन्तर्राष्ट्रिय

बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी

बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकाका सडकहरूमा प्रहरी फर्किएका छन् ।

सोमबार बिहानैबाट ढाका, बड्डा, बसुन्धरा, मोहाखली, तेजगांव, बाङ्ला मोटर, कारवां बजार, विजय सरानी, जहांगीर गेट, शाहबाग र गुलिस्तान क्षेत्रमा ट्राफिक प्रहरी ड्युटी तैनाथ देखिएका छन् ।

गत सातदिनसम्म विद्यार्थी र स्वयंसेवक सडकमा ट्राफिक सम्हाल्दै आएका थिए । बङ्गलादेशमा अगस्ट ५ मा सरकारको पतनपछि देशभर कयौँ प्रहरी कार्यालय, चौकी, र ट्राफिक प्रहरीका बुथहरूमा आक्रमण भएको थियो ।

आक्रमणबाट कयौँ सुरक्षाकर्मी घाइते भएका थिए । आन्दोलनकारीको डरले सुरक्षाकर्मीहरू चौकी छाडेर भागेका थिए । केही सुरक्षाकर्मीले शान्ति व्यवस्था बहाल नहुँदासम्म काममा नफर्किने घोषणा गरेका थिए ।

पछि उनीहरु विभिन्न ११ सूत्रीय मागहरू अघि सारेर हडतालमा उत्रिएका थिए । तर, माग पूरा गरिने आश्वासन पाएपछि उनीहरूले आइतबार हडताल स्थगित गरेका थिए । गृह मामिलका सल्लाहकार एम सखावत हुसेनले आइतबारमात्रै सबै सुरक्षाकर्मीहरूलाई काममा फर्किन बिहीबारसम्मको समय दिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका