
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरूले प्रदर्शन गरेका छन् ।
कुलमानका कारण मुलुकको विद्युत क्षेत्र बलियो भएको भन्दै उनको समर्थनमा युवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ठूला उद्योगीहरूलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै नारावाजी गरेका थिए ।
बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुने भन्दै उनीहरूले आफूहरू कुलमानको साथमा रहेको जनाएका छन् । प्रदर्शनमा सहभागीहरूले २२ अर्ब विद्युत बक्यौता रकम असुल गर, विद्युत प्राधिकरणभित्रको चलखेल बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यसअघि शनिबार कुलमानको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।