जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य तोलाकै डेढ लाख नाघ्यो, बनायो नयाँ कीर्तिमान

सुनको मूल्य तोलाकै डेढ लाख नाघ्यो, बनायो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुनको मूल्य आज १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो । सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो ।

यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ कायम थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका