जोडिनुहोस
  • होमपेज
  • किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

सिरहा। एक किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा २२ वर्षीय सुशील सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

केही दिनअघि उनले किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप छ। इलाका प्रहरी कार्यालय बन्दिपुरबाट गएको प्रहरीले युवकलाई पक्राउ गरेको हो।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका