
काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झन्डै अढाई २ किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो ।
बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजे पछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ।
उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । तर, आज उनी निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगे पछि सुनारलाई पक्राउ गरिएको हो ।