जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • ठूलो परिमाणको विदेशी मुद्रासहित बैंकक हिँडेका तीन नेपाली पक्राउ

ठूलो परिमाणको विदेशी मुद्रासहित बैंकक हिँडेका तीन नेपाली पक्राउ

काठमाडौं। अवैध रूपमा ठूलो परिमाणको विदेशी मुद्रासहित थाइल्यान्ड जान लागेका तीन युवालाई प्रहरीले बुधबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका(२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका १० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका १४ घर भएका ३० वर्षीय दिपेश भुषाल छन् ।

थाई एयरवेजको जहाजमा काठमाडौंबाट बैंकक जान लागेका उनीहरूलाई त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्दा विभिन्न विदेशी मुद्रासहित पक्राउ गरिएको हो।

उनीहरूमध्ये महेश मानको साथबाट युरो १६ हजार ५ सय ५० र क्यानेडियन डलर १० हजार ९ सय बरामद भएको छ ।

मानव आचार्यको साथबाट युरो ८ हजार ९ सय ५० र थाई भाट ३ हजार ६ सय ६० बरामद भएको प्रहरीले जनाएको छ ।

उता दीपेश भुषालको साथबाट युरो १३ हजार ४ सय, स्विस फ्रान्क २ हजार ४ सय, क्यानेडियन डलर ४ हजार ५ सय, साउदी रियाल १९ हजार, थाई भाट २ हजार र जापनिज येन ४ लाख ९० हजार बरामद भएको छ । ।

उनीहरू तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК