जोडिनुहोस
  • होमपेज
  • सरुवा/बढुवाका लागि मन्त्री र नेताहरूलाई नभेट्नुस् : अर्थमन्त्री पौडेल

सरुवा/बढुवाका लागि मन्त्री र नेताहरूलाई नभेट्नुस् : अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् ।

ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम २०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे ।

उनले पोसाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए ।उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेश भन्दा पनि कानुनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले सरुवारबढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । उनले सरुवा / बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरू राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भएपनि निरीह र कमजोर हुने बताए ।उनले उनीहरु राष्ट्रको सेवा भन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहीत हुने बताए ।

उनले भने ‘ सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भएपनि उनीहरु वास्तवमा निरीह र कमजोर हुन पुग्छन् । उनीहरु राष्ट्रको सेवा भन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरुवा हुन्छन्, उनीहरु अनुगृहीत हुने स्थिति सिर्जना हुन्छ । त्यो बाटो नहिँड्नु होला ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा केही गम्भीर चुनौतीको सामना गरिरहेको बताए । राजश्व परिचालनका दृष्टिकोणले लक्ष्य भेदन गर्न अप्ठ्यारो परिरहेको र बेरुजु बढिरहेको बताए । लेखा प्रणालीमा दुरुस्त हुन नसकिरहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका