जोडिनुहोस
  • होमपेज
  • २५ अंकले घट्यो शेयर बजार, कारोबार १० अर्ब माथि

२५ अंकले घट्यो शेयर बजार, कारोबार १० अर्ब माथि

काठमाडौं–साताको पहिलो शेयर बजार घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अंकले घटेको छ । आज नेप्से ०.९३ प्रतिशतले घटेर २७०१.९० विन्दुमा पुगेको छ ।

आज प्रि-ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । आज उच्चतम २७६० विन्दु र न्यूनतम २६९७ विन्दु सम्म नेप्से परिसूचक पुग्यो ।

आज दिनभरमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १ लाख १२ हजार ३०० किनबेच भएको छ । आज ३२८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

समूहमा आज सबैभन्दा बढी विकास बैंक समूह घटेको छ । उक्त समूह आज २.०७ प्रतिशतले घटेर ५ हजार ४२३.५४ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह बढेको छ । लघुवित्त आज १.२१ प्रतिशतले बढेर ५ हजार २७५.५० विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.५८ प्रतिशतले, फाइनान्स १.२४ प्रतिशतले, होटल एण्ड टुरिजम १.४१ प्रतिशतले, हाइड्रो ०.६० प्रतिशतले, लगानी ०.५४ प्रतिशतले, जिवन बीमा १.४२ प्रतिशतले, निर्जीवन बीमा १.२८ प्रतिशतले, अन्य समूह १.२८ प्रतिशतले र ट्रेडिङ समूह १.२४ प्रतिशतले घटेको छ । साथै, उत्पादन तथा प्रशोधन समूह ०.५० प्रतिशतले र म्युचुअल फण्ड समूह ०.२२ प्रतिशतले बढेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14