जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल कात्तिक २३ गते शुक्रबारको राशिफल

आज २०८१ साल कात्तिक २३ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन सामान्य छ। विश्वास गरेका पात्रले धोका दिनेछन्। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः साना कुरामा रिस उठ्नसक्छ। शान्त बन्न सिक्नुपर्नेछ। स्वास्थ्यले साथ दिने योग छ। परिवारमा मेलमिलाप हुनेछ। राजनीति भन्दा कृषि र पशुपालनको क्षेत्रमा फाइदा हुनेछ। साथीभाइको सहयोग मिल्नेछ।

मिथुनः दिन सहज छ। संगठनमा तपाईंको कामको प्रशंसा हुनेछ। आफ्नै कारणले आफन्त टाढा हुनेछन्। बोलीमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कटः धेरै साथीको साथ पाउने दिन छ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः बोली र व्यवहारमा सचेत बन्नुपर्नेछ। फलामको व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारको भावना नबुझ्नाले खटपटी बढ्नेछ।

कन्याः दिन सहज छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। निजी काममा भन्दा परोपकारमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजा पर्खिएको भए राम्रो परिणाम आउनेछ। स्वास्थ्यले साथ दिनेछ।

तुलाः अप्रिय खबरले मन दुःखी हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

वृश्चिकः बोलीको प्रभावले अरुको परोपकार गर्न सकिनेछ। समाजसेवामा झुकाव रहनाले परिवारलाई समय दिन कठिन हुनसक्छ। सामाजिक सेवाको अवसर मिल्नेछ। दाजुभाइको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ।

धनुः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। साथीभाइको साथ मिल्नेछ। राजनीतिक संगठनमा राम्रो पहुँच बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने जोखिम छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकरः तपाईंको राशिमा चन्द्रमा आइपुगेकाले मन खुशी हुनेछ। व्यवहारमा कुशलता प्रदर्शन गर्ने दिनछ। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। परिवारमा खटपटी बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुनेछ।

कुम्भः स्वास्थ्यमा समस्या हुनसक्छ। टाउको दुख्ने र पेट सम्बन्धी समस्याले सताउने छ। मध्य साढेसाती दशाले सञ्चित धनको खर्च गराउन सक्छ। बिहान उठेर शिवको भजन र पुजन गरेमा दिन सहज बन्नेछ।

मीनः दिन राम्रो छ। आम्दानीका स्रोत धेरै छन्। विशेष गरेर दाजुभाइ र दिदीबहिनीले असहयोग गर्ने जोखिम छ। आफ्नो योजना सफल पार्न गणेशको पूजा गर्नु राम्रो हुनेछ। साथीभाइसँगको भेटले दिन सहज बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help