जोडिनुहोस
  • होमपेज
  • तनहुँमा बन्चरो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

तनहुँमा बन्चरो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

तनहुँ। भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन्। श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतीक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

बन्चरोको प्रहारबाट घाइते भएकी श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए।

हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options